♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
वीरगन्ज-
आन्तरिक राजस्व कार्यालय वीरगन्जले चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनामा तोकिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ। आन्तरिक राजस्व विभागले जेठ मसान्तसम्म रु.७ अर्ब ५१ करोड ६४ लाख ६५ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले रु। ८ अर्ब ५२ करोड ९ लाख ८९ हजार राजस्व संकलन गरेको छ। यो लक्ष्यको ११३.३६ प्रतिशत हो।
कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईंका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा अन्तःशुल्क करतर्फ रु। २ अर्ब ८४ करोड ६५ लाख ५३ हजारको लक्ष्य राखिएकोमा १४२.२८ प्रतिशत अर्थात् रु. ४ अर्ब ५ करोड ३८ हजार राजस्व संकलन भएको छ। त्यस्तै, आयकरतर्फ रु। २ अर्ब ३२ करोड ४८ लाख ४८ हजारको लक्ष्य राखिएकोमा रु। २ अर्ब ५५ करोड ५९ लाख ९४ हजार संकलन भएको छ, जुन लक्ष्यको १०९।९४ प्रतिशत हो।

यसैगरी, घरबहाल करतर्फ रु। २५ करोड १० लाख ८ हजार राजस्व संकलन भएको छ। तर, मूल्य अभिवृद्धि कर ९ख्ब्त्० तर्फ भने रु। २ अर्ब २२ करोड ८३ लाख ६८ हजारको लक्ष्य राखिएकोमा रु. १ अर्ब ८३ करोड ७५ लाख ५० हजार मात्र संकलन भएको छ।
विभागले कार्यालयलाई चालु आर्थिक वर्षभरिमा रु। ८ अर्ब ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। प्रमुख कर अधिकृत चौलागाईंले लक्ष्य भेटाउन बाँकी अवधिमा थप प्रयास गरिने बताए।
यो उपलब्धिले वीरगन्जको आन्तरिक राजस्व कार्यालयको कार्यक्षमता र राजस्व संकलनमा देखिएको सक्रियता झल्काउँछ।