देशमा ब्यापक लुट रहेको तथ्य देखाउने उदाहरण सरकारी उद्योग घाटामा जाने र निजी उद्योग फस्टाउने रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले जिम्मेवार भएर जवाफ दिनुपर्ने माग गरे ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं-
आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारी उद्योग घाटामा जानुको कारण माग गरेका छन् ।
सरकारी उद्योग घाटामा जाने अवस्था बनाउने अनि निजी उद्योगसँग कर लिने नीति विरोधाभासपूर्ण रहेको भन्दै उनले प्रधानमन्त्रीसँग जवाफ मागेका हुन् ।
‘सरकारी उद्योगहरू घाटामा छ । सरकारी ट्रेन घाटामा छ, प्लेन घाटामा छ’, शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने ।
देशमा ब्यापक लुट रहेको तथ्य देखाउने उदाहरण सरकारी उद्योग घाटामा जाने र निजी उद्योग फस्टाउने रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले जिम्मेवार भएर जवाफ दिनुपर्ने माग गरे ।
‘सरकारी उद्योगको घाटाको चित्त बुझ्दो जवाफ दिनुस् । लुट होइन, कुशासन होइन, सुशासन हो भने परिणाम के हो रु’ प्रधानमन्त्रीलाई साहको प्रश्न छ ।
यदि चित्त बुझ्दो जवाफ दिन सकिँदैन र सरकारी उद्योगलाई नाफामा लैजान सकिँदैन भनेर रेस्ट लिन (राजीनामा दिन) प्रधानमन्त्रीलाई उनको सुझाव छ । ‘यदि तपाईं सक्नुहुन्न भने जनतासँग कर लिने काम बन्द गर्नुस् वा तपाईं रेस्ट लिनुस् भनेर आग्रह गर्न चाहन्छु ।’