२०८२ असार १६ गते, सोमबार १९:२०

वीरगन्जको आस्थाको केन्द्रबिन्दु तथा शक्तिपीठको रूपमा प्रख्यात गहवामाईको तेस्रो रथयात्रा शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  गहवामाई रथयात्रा सम्पन्न – वीरगन्जमा शक्तिपीठ गहवामाईको तेस्रो रथयात्रा शुक्रबार भव्य रूपमा सम्पन्न भयो, विभिन्न धार्मिक स्थल परिक्रमा गर्दै माइस्थान मन्दिरमा समापन भयो।
  • विशिष्ट सहभागिता – रथयात्रामा वीरगन्जका मेयर राजेशमान सिंहलगायत विशिष्ट व्यक्तिहरू र हजारौं भक्तजनको उत्साहजनक सहभागिता देखियो।
  • महाप्रसादको तयारी – शनिबार हुने महाप्रसादका लागि करिब ५० हजार भक्तजनको उपस्थिति अपेक्षित छ र तयारी तीव्र रूपमा भइरहेको छ।

वीरगन्ज, पर्सा-

वीरगन्जको आस्थाको केन्द्रबिन्दु तथा शक्तिपीठको रूपमा प्रख्यात गहवामाईको तेस्रो रथयात्रा शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।

गहवामाई तीर्थस्थल क्षेत्र विकास समितिको आयोजनामा भएको रथयात्रामा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। रथयात्राले वीरगन्जका विभिन्न ठाउँ र धार्मिक स्थलहरूको परिक्रमा गरी माइस्थान मन्दिर गहवामाईको परिसरमा पुगेर समापन भएको हो।

आयोजक समितिका अध्यक्ष श्याम पोखरेलले गहवामाईप्रतिको आस्था र विश्वास प्रत्येक वर्ष बढ्दै गएको बताए। उनले भने, “यस वर्ष अन्य वर्षको तुलनामा भक्तजनको सहभागिता उत्साहजनक रहेको छ।”

अध्यक्ष पोखरेलका अनुसार, प्रत्येक वर्षझैं यस वर्ष पनि शनिबार महाप्रसादको आयोजना गरिनेछ। महाभोजमा करिब ५० हजार भक्तजन सहभागी हुने अनुमान गरिएको छ र सोहीअनुसार तयारी भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस