२०८२ असार १६ गते, सोमबार १९:२६
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • राष्ट्रपति भवनमा धान दिवस: असार १५ मा शीतल निवासमा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेल सहभागी भए। राष्ट्रपतिले कृषिको आधुनिकीकरण र व्यावसायीकरणमा जोड दिँदै कृषकलाई ‘अन्नदाता’का रूपमा सम्मान गर्नुपर्ने बताए।
  • दही–चिउरा कार्यक्रम: रोपाइँपछि शीतल निवासमा दही–चिउरा खाने परम्परागत कार्यक्रम आयोजना गरियो, जसले नेपाली संस्कृति र कृषिको महत्त्वलाई उजागर गर्दै सामाजिक एकताको सन्देश प्रवाह गर्यो।

काठमाडौं–

आज राष्ट्रिय धान दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा विशेष रोपाइँ कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रपति कार्यालयद्वारा आयोजित यो कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेल सहभागी भए।

रोपाइँको शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गरी जीवन निर्वाहको आधार मात्र नभएर व्यावसायिक बनाउनुपर्नेमा जोड दिए। उनले कृषि पेसालाई रोजगारीको आधारस्तम्भ बनाउन र कृषकहरूलाई ‘अन्नदाता’का रूपमा सम्मान गर्नुपर्ने बताए। साथै, कृषिलगायत सबै प्रकारका श्रमको सम्मान गर्ने संस्कृतिको विकास र धान उत्पादनमा प्रोत्साहन दिन यो प्रतिकात्मक रोपाइँमा सहभागी भएको उनले उल्लेख गरे।

रोपाइँपछि परम्परागत रूपमा दही–चिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो। यो कार्यक्रमले नेपाली संस्कृति र कृषिको महत्त्वलाई उजागर गर्दै सामाजिक एकताको सन्देश प्रवाह गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस