२०८२ असार १६ गते, सोमबार २०:५३
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • प्रतिनिधिसभामा निजामती विधेयक: आज अपराह्न १:०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल र पारित गर्ने कार्यसूची छ। यो विधेयकले प्रशासनिक सङ्घीयताको कार्यान्वयनमा देखिएका जटिलता सम्बोधन गर्ने अपेक्षा गरिएको छ।
  • राष्ट्रियसभामा विनियोजन विधेयक: आज १२:१५ बजे बस्ने राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०८२ का १४ मन्त्रालयका शीर्षकहरूमाथि समूहीकृत छलफल हुने सम्भावना छ।

काठमाडौं –

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १:०० बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने भएको छ। आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० पारित गर्ने मुख्य कार्यसूची रहेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफलका लागि प्रस्ताव पेस गर्नेछन्। सांसदहरूले धारणा राखेपछि विधेयक पारित गरी राष्ट्रियसभामा पठाइनेछ। राष्ट्रियसभाले पारित गरेर फिर्ता पठाएपछि सभामुखले प्रमाणित गरी राष्ट्रपतिसमक्ष पेस गर्नेछन्, र प्रमाणीकरणपछि यो कार्यान्वयनमा आउनेछ। मुलुक सङ्घीय संरचनामा गए पनि प्रशासनिक सङ्घीयताको कार्यान्वयनमा देखिएका जटिलताहरूलाई सम्बोधन गर्न यो विधेयक महत्त्वपूर्ण मानिएको छ।

यसैगरी, राष्ट्रियसभाको बैठक आज अपराह्न १२:१५ बजे बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८२ का १४ वटा मन्त्रालयका विनियोजन शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस