२०८२ असार १६ गते, सोमबार २१:२५
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • बालिकाको हत्या: मोरङको धनपालथान–५ मा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरी निष्कर्ष। शनिबार बिहान विद्यालय नजिक शव फेला परेको थियो।
  • काका पक्राउ: हत्यामा संलग्न बालिकाकै २२ वर्षीय काकालाई प्रहरीले पक्राउ गरेको छ। ज्यान र हाडनाता करणी मुद्दामा अनुसन्धान भइरहेको छ।

मोरङ –

मोरङको धनपालथान गाउँपालिका–५ मा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता कोपिला चुँडालका अनुसार हत्यामा संलग्न बालिकाकै काका पर्ने २२ वर्षीय युवकलाई पक्राउ गरिएको छ।

शनिबार बिहान ४:४५ बजे धनपालथान–५, रङपुर वैरियास्थित श्री दुर्गा आधारभूत विद्यालय नजिक बालिकाको शव फेला परेको थियो। शवमा चोटपटकका निशानहरू देखिएका छन्। प्रहरीका अनुसार बालिका राति आफ्ना आमाबुबासँग सुतिरहेकी थिइन्, तर बिहान ३ बजे अभिभावकले उनलाई नभेटेपछि प्रहरीमा खबर गरेका थिए।

प्रहरीले पक्राउ परेका युवकले घटना स्पष्ट रूपमा स्वीकार नगरे पनि उनको बयान र घटनाको प्रकृतिका आधारमा बलात्कारपछि हत्या गरेको हुनसक्ने देखिएको छ। ती युवकविरुद्ध बालिकाको हजुरबुबाले जाहेरी दिएका छन्।

हाल ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) र हाडनाता करणी सम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस