२०८२ असार १६ गते, सोमबार २०:४९

महानगरले सडक विस्तार अन्तर्गत अवैध संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • सडक विस्तार पुनः सुरु – वीरगन्ज महानगरपालिकाले सर्वोच्च अदालतको आदेशपछि २५ मिटर सडक विस्तार योजना आजदेखि डोजर चलाएर पुनः सुरु गरेको छ।
  • सूचना र अतिक्रमण हटाउने कार्य – घरधनीहरूलाई ३० दिनको सूचना दिएपछि भन्सार क्षेत्रदेखि गण्डक चोकसम्म अवैध संरचना हटाउने कार्य तीव्र रूपमा अघि बढाइएको छ।
  • जनसमर्थन र विकास अपेक्षा – केही विरोध भए पनि अधिकांश स्थानीयले सडक विस्तारलाई समर्थन गरेका छन्, र यसले ट्राफिक सहज बनाउने र वीरगन्जलाई आधुनिक बनाउने अपेक्षा गरिएको छ।

वीरगन्ज –

वीरगन्ज महानगरपालिकाले वर्षौंदेखि अलपत्र परेको २५ मिटर सडक विस्तार योजना आजदेखि पुनः सुरु गरेको छ। सर्वोच्च अदालतको आदेशपछि नगरप्रमुख राजेशमान सिंहको अगुवाइमा मेनरोडमा डोजर चलेको छ।

विगतमा अदालतको रोकका कारण थाँती रहेको सडक विस्तारको काम सर्वोच्च अदालतले अनुमति दिएपछि पुनः सक्रिय भएको हो। नगरप्रमुख सिंहका अनुसार अदालतको आदेशपश्चात घरधनीहरूलाई ३० दिनको सूचना दिइएको थियो। सूचना अवधि सकिएसँगै सोमबारदेखि डोजरसहितको टोलीले भन्सार क्षेत्रदेखि सडक विस्तार कार्य अघि बढाएको छ।

“सर्वोच्चको आदेश पालना गर्दै हामीले आजदेखि सडक विस्तारको काम थालनी गरेका छौं,” सिंहले बताए, “मेनरोड हुँदै गण्डक चोकसम्म अतिक्रमण हटाएर २५ मिटर सडक विस्तार सम्पन्न गर्ने हाम्रो लक्ष्य हो।”

महानगरले सडक विस्तार अन्तर्गत अवैध संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ। यसले वीरगञ्जको ट्राफिक सहज बनाउने र शहरलाई व्यवस्थित र आधुनिक बनाउने अपेक्षा गरिएको छ।

स्थानीय स्तरमा केही विरोधका स्वरहरू उठेका भए पनि अधिकांश नागरिकले सडक विस्तारको कदमको समर्थन गरेका छन्। उनीहरूका अनुसार यसले वीरगञ्जको विकासको गन्तव्यलाई अघि बढाउनेछ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस