२०८२ असार १७ गते, मंगलवार १३:४५
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • वीरगन्ज नाकाबाट ठूलो आयात: चालु आर्थिक वर्षको ११ महिनामा वीरगन्ज नाकाबाट रु ५ खर्ब ६५ अर्बको सामान आयात, जसमध्ये ७६.८०% (रु ४ खर्ब ३४ अर्ब) भारतबाट।
  •  भारतपछि अर्जेन्टिना र चीन: अर्जेन्टिनाबाट रु ४६ अर्ब ७४ करोड (८.२७%) र चीनबाट रु २८ अर्ब ८६ करोड (१.२२%) मूल्यका सामान आयात, ५० मुलुकबाट व्यापार।
  •  निर्यातमा भारतको वर्चस्व: रु ९१ अर्ब ५१ करोडको निर्यात, जसमध्ये ९५.०५% (रु ८६ अर्ब ९७ करोड) भारत, अमेरिकामा रु २ अर्ब १८ करोड र अफगानिस्तानमा रु ६८ करोड।

वीरगन्ज-

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा वीरगन्ज भन्सार नाकाबाट रु ५ खर्ब ६५ अर्ब ४२ करोड मूल्यका वस्तु तथा सामान आयात भएको छ। यो नाकाबाट हुने कुल आयातको ७६.८० प्रतिशत अर्थात् रु ४ खर्ब ३४ अर्ब २६ करोड मूल्यका सामान छिमेकी मुलुक भारतबाट भित्रिएको छ।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यो नाकाबाट हुने वैदेशिक व्यापारमा भारतको हिस्सा सबैभन्दा ठूलो छ। भारतपछि अर्जेन्टिनाबाट रु ४६ अर्ब ७४ करोड (८.२७%) र चीनबाट रु २८ अर्ब ८६ करोड (१.२२%) मूल्यका सामान आयात भएको छ। ५० वटा मुलुकबाट यो नाकामार्फत सामान आयात भएको तथ्यांकले देखाएको छ।

निर्याततर्फ, वीरगन्ज नाकाबाट चालु आवको ११ महिनामा रु ९१ अर्ब ५१ करोड मूल्यका वस्तु तथा सामान विदेश निर्यात भएको छ। जसमध्ये ९५.०५% अर्थात् रु ८६ अर्ब ९७ करोड मूल्यका सामान भारत निर्यात भएको छ। दोस्रो ठूलो निर्यात गन्तव्य अमेरिका रहेको छ, जहाँ रु २ अर्ब १८ करोड (२.३८%) मूल्यका सामान निर्यात भएको छ। त्यस्तै, अफगानिस्तानमा रु ६८ करोडको निर्यात भएको छ।

प्रमुख लामिछानेले यो नाकाले नेपालको वैदेशिक व्यापारमा महत्त्वपूर्ण भूमिका खेल्ने र विशेषगरी भारतसँगको व्यापारमा यो मुख्य प्रवेशद्वार रहेको बताए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस