२०८२ भाद्र १ गते, आईतवार १९:४०
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • सभापति खतिवडाको राजीनामा माग: राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कुलिङ पिरियडसम्बन्धी विधेयकमा चलखेल भएको भन्दै सभापति रामहरि खतिवडाको राजीनामा माग गरे।
  • राज्यविरुद्धको कसुरको आरोप: शाहीले विधेयकमा भएको हेरफेरलाई सांसदको महत्वमाथिको छेडखानी र राज्यविरुद्धको कसुर भन्दै कर्मचारीमाथि कारबाहीको माग गरे।
  • विधेयकमा विवाद : संघीय निजामती सेवा विधेयकमा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति बाहेक’ भन्ने शब्द हटाइएको र पुनः राखिएको पाइएपछि विवाद चर्किएको छ।

काठमाडौँ –

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गरेका छन्। मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको चलखेललाई जघन्य अपराध भन्दै नैतिकताको आधारमा खतिवडाले राजीनामा दिनुपर्ने बताए।

उनले यो कार्यले सांसदहरूको महत्वमाथि छेडखानी गरेको र यो राज्यविरुद्धको कसुर भएको जिकिर गरे। “यस्तो हर्कत कर्मचारीबाट भएको हो भने राज्यविरुद्धको कसुरमा सजाय हुनुपर्छ,” शाहीले भने।

फागुन २०८० मा संसदमा दर्ता भएको विधेयकमा संवैधानिक, कूटनीतिक वा अन्य सरकारी नियुक्तिबाहेकका पदमा सेवा निवृत्त भएको दुई वर्षसम्म नेपाल सरकारको स्वीकृति बिना काम गर्न नपाउने प्रावधान थियो। यो व्यवस्थाले निजी र गैरसरकारी संस्थामा नियुक्तिका लागि मात्र स्वीकृति आवश्यक थियो। तर, समितिबाट पारित विधेयकमा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति बाहेक’ भन्ने शब्द हटाइएको र प्रतिनिधि सभामा पुग्दा पुनः राखिएको पाइएपछि विवाद भएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस