२०८३ मंसिर ११ गते, शुक्रबार ३:४०

वीरगन्जका विनित श्रीवास्तव सहित हुण्डी कारोबारमा संलग्न तीन जना २८ लाख २८ हजारसहित पक्राउ

वीरगन्ज-

पर्सा प्रहरीले वीरगन्जका विभिन्न स्थानबाट अवैध हुण्डी कारोबारमा संलग्न तीन जनालाई २८ लाख २८ हजार रुपैयाँसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पकाहमैनपुर-२ का २६ वर्षीय अनिल कुमार बर्णवाल (मकालु चोकबाट, ९ लाख ४७ हजार), वीरगन्ज-३ का विनित कुमार श्रीवास्तव (लिंकरोडबाट, १५ लाख ८१ हजार) र बाराको परवानीपुर-४ का दीपक कुमार सोनार (रजतजयन्ती चोकबाट, ३ लाख) छन्।

बरामद रकममा १,००० र ५०० दरका नोटहरू छन्। तीनै जनालाई मुलुकी अपराध संहिता, २०७४ को हुण्डी कारोबारविरुद्धको दफा १२५ अन्तर्गत मुद्दा चलाइएको छ। पर्सा प्रहरीले ५ दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको छ, जसले हुण्डी सञ्जालका अन्य व्यक्तिको पहिचान हुने अपेक्षा गरिएको छ। प्रहरीले यस्ता अवैध कार्यविरुद्ध अभियान जारी राख्ने बताएको छ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस