२०८२ पुष २७ गते, आईतवार १३:५२

धनुषामा ज्वाइँद्वारा ससुराको छुरा प्रहार गरी हत्या

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • धनुषाको जनकपुरधाम–१५ मा ६५ वर्षीय वासुदेवप्रसाद विमलको उनकै ज्वाइँ बेचन महासेठले छुरा प्रहार गरी हत्या गरेका छन्।
  • जग्गासम्बन्धी विवादका कारण भएको घटनापछि फरार ज्वाइँको खोजी र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    धनुषा-

    जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुरका ६५ वर्षीय वासुदेवप्रसाद विमलको उनकै ज्वाइँले छुरा प्रहार गरी हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान १० बजे ससुराको घरमै छुरा प्रहार गरेका हुन्।

    प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहका अनुसार, जग्गासम्बन्धी घरायसी विवादका कारण बेचनले ससुराको पेटमा चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भएका वासुदेवलाई प्रादेशिक अस्पताल जनकपुरमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरे।

    घटनापश्चात् बेचन फरार छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

    वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

    वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

    वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

    वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

    पोडकास्ट सुन्नुहोस