२०८२ असार १९ गते, बिहीबार १३:५८

सिमरा –

बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा बुधबार राति करिब सवा ९ बजेतिर ठूलो विस्फोट भएको छ। उद्योगको फलाम पगाल्ने भट्टीमा विस्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ।

विस्फोटमा परी एकजना भारतीय मजदुर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय सिमराका प्रमुख वेद प्रकाश जोशीले दिएको जानकारीअनुसार घाइते मजदुरको नाम भने खुल्न सकेको छैन।

प्रहरी टोली घटनास्थलमा पुगिसकेको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरी प्रमुख जोशीले बताउनुभयो। यद्यपि, स्थानीय बासिन्दा र उद्योगमा कार्यरत अन्य मजदुरहरूले विस्फोटमा धेरै मजदुर घाइते भएको हुन सक्ने दाबी गरे पनि प्रशासनले भने हालसम्म एकजना मात्र घाइते भएको पुष्टि गरेको छ।

घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस