२०८२ असार २९ गते, आईतवार १६:५१

काठमाडौं –

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुलुकका १० प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीको दरवाङ सडक, नवलपरासीको पूर्वपश्चिम राजमार्ग, डोल्पाको भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङको जयपृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

यसैबीच, बाढी र पहिरोका कारण अवरुद्ध भएका केही राजमार्गहरू आंशिक रूपमा सञ्चालनमा आएका छन्। काभ्रेपलाञ्चोकको बनेपा–नाला–भक्तपुर सडकखण्ड, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीको सोही खण्ड र रोल्पाको सहिद राजमार्ग हाल एकतर्फी रूपमा सञ्चालनमा छन्।

नेपाल प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको र यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ। बाढीपहिरोका कारण जोखिम बढेकाले वैकल्पिक मार्ग प्रयोग गर्न र सावधानी अपनाउन प्रहरीले सुझाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस