२०८२ असार २९ गते, आईतवार १६:०७

जनकपुर –

मधेस प्रदेशलाई देशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा गरिएको छ। मंगलबार प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनकपुरमा आयोजित एक कार्यक्रममा यो घोषणा गरेको हो।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले मधेस प्रदेशले पूर्ण खोप सुनिश्चिततामा ऐतिहासिक उपलब्धि हासिल गरेको बताए। उनले यो सफलतामा योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिँदै यसको निरन्तरताका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरे।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले मधेस प्रदेश पहिलो पूर्ण खोप सुनिश्चितता प्रदेश बनेकामा गर्व व्यक्त गरे। उनले यो उपलब्धिको दिगोपनाका लागि सबै जिल्ला खोप समन्वय समिति र सरोकारवालाहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा. अभियान गौतमले मधेस प्रदेश सरकारलाई प्रमाणपत्र प्रदान गरे।

प्रदेश स्वास्थ्य निर्देशनालयका खोप प्रमुख लक्ष्मेश्वर झाका अनुसार एक डोज पनि खोप नलिएका २१३ र कुनै न कुनै खोप छुटेका १२,२३० बालबालिकालाई घरघरमा पुगेर खोप लगाइएपछि यो उपलब्धि सम्भव भएको हो।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस