जनकपुरधाम-

चक्कु प्रहार गरी हत्या गर्ने फरार प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १५ बस्ने वर्ष ६५ का वासुदेवप्रसाद साहलाई उनकै नाताका ज्वाईं पर्ने वर्ष ५५ को बेचन महासेठले हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । प्रतिवादी बेचन महासेठ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ मा बस्ने गरेका थिए । पारिवारिक झैझगडाका कारण हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । महासेठ आफ्नै ससुरा वासुदेवमाथि चक्कु प्रहार गरी फरार भएका थिए । महासेठलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले जनकनन्दनी गाउँपालिकास्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिनुभयो । प्रहरीकाअनुसार महासेठले गत असार १८ गते पारिवारिक विवादका कारण रिसइबीमा आफ्नै ससुराको पेटमा चक्कु प्रहार गरी हत्या गरेका थिए ।
प्रहरी अनुसन्धानका क्रममा घटनास्थलमा प्रयोग गरिएको स्टिलको चक्कु र अभियुक्तले प्रयोग गरेको मधेस प्रदेश ०२–००७ प. ९९३२ नम्बरको रातो–कालो रंगको होन्डा स्कुटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।