२०८२ असार २९ गते, आईतवार २०:१४

जनकपुरधाम –

मधेश प्रदेश सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको मुख्यमन्त्री सतिश सिंहका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिए।

मधेशमा अधिकांश खेती आकाशे पानीको भरमा हुने गरेको छ। तर, यस वर्ष पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ। सुख्खाका कारण किसानहरूले ठूलो समस्याको सामना गर्नुपरेको छ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार झाका अनुसार, मधेश सरकारले किसानहरूका लागि विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ। साथै, कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई आवश्यक सहयोग गर्न पनि आह्वान गरिएको छ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले पर्साको वीरगन्जलगायत विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस