२०८२ असार २७ गते, शुक्रबार २०:०६
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • प्रधानमन्त्री ओलीको एक वर्षे कार्यकाल सकिन लाग्दा मन्त्री हेरफेरको सम्भावना बढ्यो, साउनको एमाले बैठकपछि निर्णय हुने अनुमान।
  • भूमि, उद्योग, भौतिक, संघीय मामिला र पर्यटन मन्त्रीको कार्यसम्पादन कमजोर ठहर, गुप्ताविरुद्ध अख्तियारमा मुद्दा दर्ता।

काठमाडौं-
प्रधानमन्त्री केपी शर्मा ओलीले सात महिनाअघि मन्त्री र सचिवहरूलाई कार्यक्षमता प्रभावकारी नभए मन्त्री फेर्ने चेतावनी दिएका थिए। तर, हालसम्म शिक्षामन्त्री विद्या भट्टराईबाहेक अन्य मन्त्रीमा फेरबदल भएको छैन। वैशाख १० गते एमाले नेता रघुजी पन्तले शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए भने कांग्रेसका पूर्णबहादुर तामाङ राज्यमन्त्रीबाट फिर्ता बोलाइएका थिए।

प्रधानमन्त्री ओलीको एक वर्षे कार्यकाल सकिन अब दुई–तीन दिन मात्र बाँकी छ। यससँगै मन्त्री परिवर्तनको सम्भावना बढेको छ। एमालेभित्रै सरकारको प्रभावकारिता कमजोर भएको आवाज उठ्न थालेको छ, यद्यपि स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार यो विषयमा औपचारिक छलफल भएको छैन।

बालुवाटार स्रोतका अनुसार भूमि व्यवस्था मन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, संघीय मामिला मन्त्री राजकुमार गुप्ता र पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको कार्यसम्पादन कमजोर ठहरिएको छ। मन्त्री गुप्ताविरुद्ध अख्तियारमा मुद्दा दर्ता भइसकेको छ।

प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले नतिजा देखाउन नसक्ने मन्त्रीहरू फेर्नु उपयुक्त हुने बताएका छन्। साउनको पहिलो साता हुने एमालेको बैठकपछि मन्त्री हेरफेरको निर्णय आउन सक्ने स्रोतको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस