२०८२ असार २९ गते, आईतवार १९:११

वीरगन्ज –

रौतहटको गरुडा–९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालयका शिक्षक रवीन्द्र प्रसाद साहले छात्रालाई जिस्काएको आरोपमा विद्यार्थी र अभिभावकले शिक्षकमाथि कुटपिट गर्दै विद्यालयमा तोडफोड गरेका छन्।

प्रहरीका अनुसार शिक्षक साहले एक छात्राको जन्मदिनको अवसरमा ‘ह्याप्पी बर्थडे मेरी जान’ लेखेर सन्देश पठाएको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। आक्रोशित विद्यार्थी र अभिभावकले शिक्षकमाथि हातपात गर्नुका साथै विद्यालयको सम्पत्ति तोडफोड गरेका थिए।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। स्थिति तनावग्रस्त बनेपछि प्रहरीले एक राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले शिक्षक साहलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस