धनुषा –

सामाजिक सञ्जाल टिकटकमार्फत अश्लील शब्द र गाली गलौज गरेको आरोपमा धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–२४ की २० वर्षीया रोशनी खातुनलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार खातुनले टिकटकमा निरन्तर अभद्र भाषा र व्यवहार प्रदर्शन गरेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। उनको भाषा र व्यवहारले सामाजिक सद्भाव र सार्वजनिक नैतिकतामा नकारात्मक असर पारेको प्रहरीको ठहर छ।
खातुनविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालतबाट म्याद थप गरी उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।