२०८२ श्रावण १ गते, बिहीबार २२:०९
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • १२४ को मृत्यु, २६४ घाइते: राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार जुन २६ देखि जुलाई १६ सम्म मनसुनी वर्षाले पाकिस्तानभर १२४ जनाको मृत्यु र २६४ जना घाइते भएका छन्।
  • पञ्जाव सबैभन्दा प्रभावित: पूर्वी पञ्जावमा ४९ मृत्यु र १५८ घाइते, खैबर पख्तुनख्वामा ३८ मृत्यु र ५७ घाइते, सिन्धमा २० मृत्यु र ४० घाइते, बलुचिस्तानमा १६ मृत्यु र ४ घाइते भएका छन्।
  • निरन्तर वर्षाको चेतावनी: जुलाई १७ सम्म भारी वर्षा र बाढीको जोखिम कायमै छ, एनडीएमएले सतर्कता अपनाउन आग्रह गरेको छ।

काठमान्डौँ-

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) काअनुसार मनसुनको वर्षा र यससँग सम्बन्धित घटनाहरूले विगत तीन हप्तामा पाकिस्तानभर १ सय २४ जनाको मृत्यु भएको छ  । २ सय ६४ जना घाइते भएका छन् ।

आफ्नो पछिल्लो अवस्था प्रतिवेदनमा एनडीएमएले जुन २६ देखि जुलाई १६ सम्ममा हताहत रेकर्ड गरिएको बताएको छ । जसमा पछिल्लो २४ घण्टामा आठ नयाँ मृत्यु र ११ जना घाइते भएको रिपोर्ट गरिएको छ । पूर्वी पञ्जाव प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । जसमा ४९ जनाको मृत्यु र १५८ जना घाइते भएका छन् । त्यसपछि उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा ३८ जनाको मृत्यु र ५७ जना घाइते भएका छन् ।

दक्षिणी सिन्ध प्रान्तमा २० जनाको मृत्यु र ४० जना घाइते भएको रिपोर्ट गरिएको छ भने दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा १६ जनाको मृत्यु र चार जना घाइते भएका छन् । पाकिस्तान नियन्त्रित कश्मीरमा एक जनाको मृत्यु र पाँच जना घाइते भएको रिपोर्ट गरिएको छ । पाकिस्तानमा हरेक वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म भारी मनसुनी वर्षा हुन्छ ।

प्रतिक्रिया

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान

काठमान्डौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान

काठमान्डौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी

पोडकास्ट सुन्नुहोस