२०८२ श्रावण ६ गते, मंगलवार ११:५४
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
ठगी आरोपमा पक्राउ: सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा टोखाबाट पक्राउ गरिएको हो, उजुरी धनुषाका दिनेशप्रसाद साहले दिएका थिए।

सेयर कारोबारमार्फत विश्वासघात: अग्रवालले सस्तोमा सेयर दिने प्रलोभन देखाई पैसा उठाएको तर सेयर नदिएको उजुरी परेको छ, साथै उनले टीएमएस खातामार्फत मूल्य कृत्रिम रूपमा बढाउने आरोप छ।

अन्य संलग्न र अनुसन्धान जारी: प्रकरणमा अन्य दुईजनाको संलग्नता देखिए पनि उनीहरू फरार छन् भने नेपाल धितोपत्र बोर्डले पनि अग्रवालको गतिविधिमाथि अनुसन्धान गरिरहेको छ।

काठमाडौं-
सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई काठमाडौंको टोखा क्षेत्रबाट सोमबार पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको हो। अग्रवालविरुद्ध ठगी र आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार, धनुषाको जनकपुर उपमहानगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१० बस्ने ६० वर्षीय दिनेशप्रसाद साहले अग्रवालमाथि ठगीको उजुरी दिएका थिए। साहले सेयर दिलाइदिने प्रलोभनमा अग्रवालको खातामा उक्त रकम जम्मा गरेका थिए, तर न सेयर प्राप्त गरे न त रकम नै फिर्ता पाए। उजुरीपछि काठमाडौं जिल्ला अदालतले ३० असारमा पक्राउ पुर्जी जारी गरेको थियो, र एक सातापछि अग्रवाल पक्राउ परे।

प्रहरीका अनुसार, यो ठगी प्रकरणमा अग्रवालसहित अन्य दुईजना पनि संलग्न छन्, तर उनीहरू अझै पक्राउ परेका छैनन्। मोरङको विराटनगर महानगरपालिका–९ स्थायी घर भएका ४२ वर्षीय अग्रवाल काठमाडौं–१४ मा बस्दै आएका थिए। उनले सेयर कारोबारमार्फत लगानीकर्ता र धितोपत्र दलाल कम्पनीहरूलाई ठगी गर्दै आएको आरोप छ। नेपाल धितोपत्र बोर्डले पनि उनको गतिविधिमाथि अनुसन्धान गरिरहेको छ।

अग्रवालमाथि सस्तोमा सेयर खरिद गरी सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई महँगोमा खरिद गर्न प्रलोभन देखाउने र आफ्नो सेयर बिक्री गर्ने गरेको आरोप छ। उनले १५ वटा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) खाता प्रयोग गरी सेयरको मूल्य कृत्रिम रूपमा बढाउने र बिक्री गर्ने गरेको प्रहरीको दाबी छ। यो प्रकरणले सेयर बजारमा उनको ‘आदर्श’ छविमाथि गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया

केआईआईटीमा नेपाली छात्राहरूको मृत्यु : विश्वविद्यालयको लापरबाही र गैरकानुनी मिलापत्रले आत्महत्यालाई निम्त्याएको ठहर

काठमान्डौं- भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा

केआईआईटीमा नेपाली छात्राहरूको मृत्यु : विश्वविद्यालयको लापरबाही र गैरकानुनी मिलापत्रले आत्महत्यालाई निम्त्याएको ठहर

काठमान्डौं- भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस