२०८२ श्रावण ६ गते, मंगलवार १९:१८

रौतहट-
रौतहटको गरुडास्थित झाझ खोला नजिक इलाका प्रहरी कार्यालय गरुडाको टोलीले मंगलबार बिहान नेपाली नम्बरको ब्रेजा कार (ग३च ६७९६) बाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको उक्त कारलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा चालकले तीव्र गतिमा गाडी हाँकेर भाग्ने प्रयास गरेको थियो।

प्रहरीका अनुसार, गाडी गरुडा नगरपालिका–५ को झाझ खोला नजिक करिब २० फिट गहिरो खेतमा झरेपछि चालक उखुबारी हुँदै फरार भएका छन्। गाँजा तस्करीको सूचनाका आधारमा प्रहरीले चेकपोस्ट राखेको थियो, तर चालकले चेकिङ छल्दै भाग्ने प्रयास गरेका थिए। प्रहरीले क्रेनको सहायताले रातो रङको ब्रेजा कारलाई खेतबाट निकालेको छ। कारभित्र ठूलो परिमाणमा गाँजा भेटिएको भए पनि यकिन मात्रा हालसम्म खुल्न सकेको छैन।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले चालकले खेतमा गाडी झारेर उखुबारी हुँदै भागेको बताउँदै प्रहरीले उखुबारीलाई चारैतिर घेरा हालेर खोजी अभियान सुरु गरेको जानकारी दिए। उनले गाँजाको तस्करीबारे गहन अनुसन्धान भइरहेको र गाडीको सहायताले तस्करसम्म पुग्ने अनुमान व्यक्त गरे।

यो घटनाले रौतहट क्षेत्रमा लागूऔषध तस्करीको जालोमाथि प्रश्न उठाएको छ। प्रहरीले फरार चालकको खोजी र अनुसन्धानलाई तीव्र बनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस