२०८३ असार २४ गते, बुधबार ०८:४२

वीरगन्ज महानगरपालिकामा साउन १३ देखि वर्षे विदा

वीरगन्ज-

वीरगन्ज महानगरपालिकाभित्रका सबै विद्यालयहरूमा साउन १३ गतेदेखि वर्षे विदा लागू हुने भएको छ। महानगरपालिकाले मंगलबार जारी गरेको सूचनाअनुसार साउन १३ देखि ३० गतेसम्म विद्यालयहरू बन्द रहनेछन्।

यसअघि नगरको शैक्षिक क्यालेन्डरअनुसार साउन १३ देखि भदौ ६ गतेसम्म वर्षे विदा तय गरिएको थियो। तर, यस वर्ष गर्मी विदा अगावै प्रदान गरिसकिएकाले त्यसलाई समायोजन गर्न वर्षे विदाको अवधि संशोधन गरिएको हो।

महानगरपालिकाको सूचनामा भनिएको छ, “गर्मी विदा पहिले नै दिइसकिएकाले वर्षे विदामा कटौती गरी साउन १३ देखि २० गतेसम्म विदा दिइने निर्णय गरिएको छ।” यो निर्णय वीरगन्ज महानगरपालिकाको नगर कार्यपालिकाको बैठकबाट पारित भएको हो।

विद्यालयहरू साउन २१ गतेदेखि पुनः सञ्चालनमा आउनेछन्।

प्रतिक्रिया

मधेसमा स्थानीय तहको भ्रष्टाचार बढ्दो चिन्ता : गढीमाई नगरपालिकाको गिट्टी–बालुवा

विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश काठमाडौं ।

मधेसमा स्थानीय तहको भ्रष्टाचार बढ्दो चिन्ता : गढीमाई नगरपालिकाको गिट्टी–बालुवा

विश्वकप २०२६ : अर्जेन्टिना र स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश काठमाडौं ।

प्रदेश

खेलकूद

पोडकास्ट सुन्नुहोस