२०८२ श्रावण ११ गते, आईतवार ११:४६

गणेश शंकर /रक्सौल-

रक्सौल अनुमण्डल अन्तर्गत रामगढवामा दिनदहाडै भएको लुटपाटमा संलग्न दुई जना अपराधीलाई स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ।

शुक्रबार बेलुकी, रामगढवा एसबीआई बैंक शाखाबाट ५ लाख ३५ हजार रुपैयाँ निकासी गरी घर फर्कँदै गरेका सीएसपी सञ्चालक सुनील कुमारलाई मुशहरी गाउँ नजिकै घात लगाइ आएका अपराधीहरूले हतियारको धाक देखाई पैसा लुटेका थिए। लुटपाटपछि भागिरहेका अपराधीहरूलाई स्थानीयले उखु बालीको खेतमा घेरा हाल्दा अपराधीहरूले दहशत फैलाउन फायरिङ समेत गरेका थिए। करिब एक घण्टा लामो प्रयासपछि प्रहरीले दुई जना अपराधीलाई नियन्त्रणमा लिएको हो।

रक्सौलका डीएसपी मनीष आनन्दले पत्रकार सम्मेलनमार्फत पक्राउ परेका दुवैजनासँगै लुटेको सम्पूर्ण रकम र प्रयोग गरिएको हतियार बरामद गरिएको जानकारी दिनुभयो। उहाँले पक्राउ परेका व्यक्तिहरूको आपराधिक इतिहास रहेको र घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान भइरहेको पनि जानकारी दिनुभयो।

प्रतिक्रिया

गृहमन्त्रीको निर्देशनः खानेपानी र सिंचाईको समस्या भएका स्थानको पहिचान गरी छिटो बोरिङ गर्ने वातावरण मिलाउनू

काठमान्डौं- गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको

गृहमन्त्रीको निर्देशनः खानेपानी र सिंचाईको समस्या भएका स्थानको पहिचान गरी छिटो बोरिङ गर्ने वातावरण मिलाउनू

काठमान्डौं- गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको

पोडकास्ट सुन्नुहोस