२०८२ श्रावण ११ गते, आईतवार ११:०१

काठमान्डौं-

गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको पहिचान गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

शनिवार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । तराईका विभिन्न जिल्लाहरुमा खानेपानी र सिंचाईको समस्या विकराल बनिरहेको छ । यसै सम्बन्धमा गृहमन्त्री लेखकले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रतिनिधिहरुसँग छलफल गर्नुभएको हो । छलफलपछि उहाँले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको पहिचान गर्न र पहिचान भइसकेका स्थानहरु सरकारलाई उपलब्ध गराउन निर्देशन दिनुभयो । उक्त स्थानहरुको पहिचान गरी वैकल्पिक श्रोत र वैकल्पिक श्रोतहरुको पहिचान, वैज्ञानिक वितरणको व्यवस्था मिलाउन पनि निर्देशन दिनुभयो । कुनकुन ठाउँमा डिप बोरिङ गर्ने भन्ने स्थानहरु पनि पहिचान गर्न र आवश्यकतालाई प्राथमिकीकरण गरी छिटो प्रक्रियाबाट डिप बोरिङ ट्युबेल जडान गर्नेकुरामा ध्यान दिन निर्देशन दिनुभयो ।

गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार महोत्तरीको एक कार्यक्रममा ५ सय वटा डिप बोरिङ गरेर मधेस प्रदेशमा पानीको समस्या तत्कालका लागि समाधान गर्ने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

गृहमन्त्रीको निर्देशनः खानेपानी र सिंचाईको समस्या भएका स्थानको पहिचान गरी छिटो बोरिङ गर्ने वातावरण मिलाउनू

काठमान्डौं- गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको

गृहमन्त्रीको निर्देशनः खानेपानी र सिंचाईको समस्या भएका स्थानको पहिचान गरी छिटो बोरिङ गर्ने वातावरण मिलाउनू

काठमान्डौं- गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको

पोडकास्ट सुन्नुहोस