२०८३ मंसिर ११ गते, शुक्रबार ४:१६

कक्षा १२ को परीक्षाफल यसै साता सार्वजनिक हुने, SMS र वेबसाइटमार्फत हेर्न सकिने

काठमाडौं –
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को २०८१ सालको परीक्षाफल यसै साता सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका अनुसार कक्षा १२ को परीक्षा गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन गरिएको थियो। परीक्षामा कुल ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी भएका थिए।
जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी रहेका छन्।

बोर्डले यस वर्ष वैशाख ११ गतेदेखि नै परीक्षा सञ्चालन गर्ने तयारी गरे पनि शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन ढिलो गराइएको थियो।

कक्षा १२ लाई विद्यालय तहको अन्तिम परीक्षा मानिन्छ र यसको नतिजाले विद्यार्थीको उच्च शिक्षातर्फको मार्गनिर्देशन तय गर्ने बोर्डले जनाएको छ।

यसरी हेर्न सकिन्छ नतिजा

परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र Nepal Telecom को १६०० मा फोन गरेर वा SMS मार्फत हेर्न सकिने बोर्डले जनाएको छ।

  • SMS मार्फत: NEB <space> Symbol Number लेखी १६०० मा पठाउने।

  • फोनबाट: १६०० डायल गरी निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर प्रविष्ट गर्ने।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस