२०८३ आश्विन २० गते, मंगलवार ०४:२२

पर्सामा कटुवा पेस्तोलसहित युवक पक्राउ

वीरगन्ज –

पर्सा प्रहरीले विशेष सूचनाका आधारमा कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बिन्दावासीनी गाउँपालिका–५, प्रसौनीका साहेब खाँ रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार खाँलाई वीरगन्ज महानगरपालिका–१६, इनर्वा गाउँबाट नियन्त्रणमा लिइएको हो।

स्थानीय बासिन्दाले खाँ कटुवा पेस्तोल बोकेर हिँडिरहेको जानकारी दिएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ। खाँलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई हातहतियारसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस