२०८२ श्रावण २५ गते, आईतवार १०:४५

काठमाडौँ –

जनमत पार्टीले पार्टीको नीति विपरीत गतिविधिमा संलग्न हुने तथा पार्टी विरोधी गुट/समूहको भेला वा बैठकमा सहभागी हुने कार्यमा लागेका व्यक्तिहरूको नाम केन्द्रीय सचिवालयमा पठाउन निर्देशन दिएको छ।

जनमत केन्द्रीय सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै संगठनको सफलताका लागि पार्टी अनुशासन अपरिहार्य रहेको र त्यसलाई कडाइका साथ लागू गरिने जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “जनमत पार्टीले अनुशासन कडाइका साथ लागू गर्ने नीति लिएको र हरेक सदस्यले अनुशासन पालना गरे/नगरेको रिपोर्ट सदस्यता रेकर्डसँगै राख्ने निर्णय गरेको छ।”

पार्टीले यसअघि पनि आन्तरिक एकता र संगठन सुदृढीकरणका लागि अनुशासनलाई प्राथमिकतामा राख्दै कडा कदम चाल्ने चेतावनी दिएको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस