२०८२ श्रावण २९ गते, बिहीबार १९:२२
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • सुनसरीको जलुवाटोलमा बस र माइक्रोबस ठोक्किँदा तीन जनाको मृत्यु र १५ जना घाइते।
  • मृतकको पहिचान खुलेको छैन, घाइतेको विभिन्न अस्पतालमा उपचार जारी।
  • बस चालक गोपाल अधिकारी नियन्त्रणमा, प्रहरीको थप अनुसन्धान जारी।

इनरुवा —

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको बस र माइक्रोबस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार, काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन्।

मृतकहरूको पहिचान खुल्न बाँकी छ। घाइतेहरूलाई इनरुवा, विराटनगर न्यूरो, र नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस चालक झापा अर्जुनधारा नगरपालिका–१ निवासी गोपाल अधिकारीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस