काठमाडौं –
नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेल सार्नका लागि गरेको आग्रहलाई राज्यले अस्वीकार गर्नु दुःखद् भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद केसीले अदालतले समेत जेल सार्नको लागि अनुमति दिएपनि स्थानारन्तरण नगरिनु दुःखद् भएको बताउनु भयो । उहाँले रूपन्देही कारागारमा मानव अधिकार आयोगको टोलीले अनुगमन गरेको विषय संसदमा उठाउँदै कारागारभित्र न्युनतम आधारभुत आवश्यकता पूरा गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो ।
उहाँले देशभरका कारागारहरुको अवस्था सुरधा गर्न माग समेत गर्नुभयो ।