२०८२ श्रावण २९ गते, बिहीबार ११:१७

काठमाडौं –

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र कार्यकर्ताहरूलाई व्यक्तिगत अपमान र गालीगलौज गर्ने काम रोक्न चेतावनी दिनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । आमाबाबुको नाम लिएर गालीगलौज गर्ने व्यवहार अहिले ठिक लागेपनि भविष्यमा धेरै भारी पर्ने उहाँको चेतावनी छ । उहाँले पार्टी सभापतिमाथि राजनीतिक प्रतिशोधको आरोप लगाउँदै हस्ताक्षर अभियान र चन्दा संकलन गरिरहेकोप्रति पनि कटाक्ष गर्नुभयो । आरोपिले बिगो भरेर अपराध स्वीकार गरिसकेको उल्लेख गर्दै हस्ताक्षर अभियानको कुनै औचित्य नरहेको बताउनु भयो ।

बिगो स्वीकार्नु अपराधको समेत स्वीकारोक्ति भएको उल्लेख गर्दै उहाँले राजनीतिक प्रतिशोध गरेको भन्ने आरोप नाटकजस्तै भएको प्रमाणित भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस