२०८२ श्रावण २९ गते, बिहीबार ११:०९

काठमाडौं –

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ७७ वटै जिल्लामा गठन भएका भूमि आयोगहरूले काम शुरु गरिसकेको बताउनुभएको छ ।

मंगलवार राजधानीमा आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । स्थानीय तहहरुले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको विवरण संकलन गरिरहेको पनि बताउनु भयो । उहाँले भूमिसम्बन्धी समस्या समाधान  गर्नको लागि यही आयोगलाई अन्तिम आयोग बनाउनेगरी सरकार लागिपरेको उहाँको भनाइ छ ।

उहाँले भूमि समस्या समाधान  गर्न धेरे आयोगहरु गठन गरिएको भनि फैलिएको हल्लामा सत्यतता नभएको स्पष्ट पार्नुभयो । उहाँले गणतन्त्र स्थापना भइसकेपछि योबाहेक दुई वटा आयोग बनेको उल्लेख गर्दै कानूनको अभावमा प्रभावकारी काम गर्न नसकेको बताउनु भयो । मन्त्री अधिकारीले ७५३ स्थानीय पालिकामध्ये हालसम्म तीन पालिकाले आयोगसँग सम्झौता नगरेको र बाँकी सबै पालिकाले सम्झौता गरिसके पनि विवरण पठाउन बाँकी रहेको उल्लेख गर्नुभयो ।

सबै पालिकाहरुले  भूमिहीन परिवारको विवरण पठाइसकेपछि आयोगले भूमि वितरण कार्य सुरु गर्ने बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस