२०८२ पुष २७ गते, आईतवार ०३:१५

आगामी २४ घण्टा मनसुन सक्रिय, पहिरो र बाढीको उच्च जोखिम

काठमाडौं –

मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा देशभर मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर पूर्णतया बदली रहने र अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। मधेस प्रदेशलगायत कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एक–दुई स्थानमा मुसलधारे वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने सम्भावना छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्ण बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली हुनेछ। गण्डकी र कर्णालीका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराईका धेरै स्थानमा मध्यम वर्षा र केही क्षेत्रमा भारी वर्षा हुन सक्नेछ। सुदूरपश्चिमका पहाडी तथा तराईका केही स्थानमा अत्यधिक वर्षा हुने चेतावनी दिइएको छ।

विभागले वर्षाका कारण देशका पहाडी भागमा पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम उच्च रहेको, ठूला तथा साना नदी–नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायातमा अवरोध आउन सक्ने भन्दै सतर्क रहन र पूर्वतयारी गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

पोडकास्ट सुन्नुहोस