काठमाडौं –
प्रेस काउन्सिल नेपालले गत आर्थिक वर्ष २०८१/८२ मा देशभर प्रेस स्वतन्त्रता हननका ९४ घटना दर्ता भएको जनाएको छ। काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा यो तथ्याङ्क सार्वजनिक गरिएको हो।
वि.सं. २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्मको अवधिमा सबैभन्दा धेरै बाग्मती प्रदेशमा ३८ घटना भएका छन्। मधेस प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा आठ–आठ, कर्णालीमा सात, गण्डकीमा चार, लुम्बिनीमा तीन र देश बाहिर एक घटना दर्ता भएको छ।
लैङ्गिक आधारमा हेर्दा यस अवधिमा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएका पाइएको छ। काउन्सिलका अनुसार समीक्षा अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका पनि नौ घटना दर्ता भएका छन्, जसमा बाग्मतीमा चार, मधेसमा तीन र कर्णालीमा दुई घटना रहेका छन्।
गत आर्थिक वर्ष २०८१/८२ मा प्रेस स्वतन्त्रता हननका घटना
| प्रदेश | घटनाको संख्या | पीडित पत्रकार (पुरुष) | पीडित पत्रकार (महिला) | कुल पीडित पत्रकार |
|---|---|---|---|---|
| बाग्मती | ३८ | — | — | — |
| मधेस | २५ | — | — | — |
| सुदूरपश्चिम | ८ | — | — | — |
| कोशी | ८ | — | — | — |
| कर्णाली | ७ | — | — | — |
| गण्डकी | ४ | — | — | — |
| लुम्बिनी | ३ | — | — | — |
| देश बाहिर | १ | — | — | — |
| कुल | ९४ | ९६ | १० | १०६ |
Post Views: 69















