२०८३ आश्विन २६ गते, सोमबार १९:१०

गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना ,कुन प्रदेशमा कति ?

काठमाडौं –

प्रेस काउन्सिल नेपालले गत आर्थिक वर्ष २०८१/८२ मा देशभर प्रेस स्वतन्त्रता हननका ९४ घटना दर्ता भएको जनाएको छ। काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा यो तथ्याङ्क सार्वजनिक गरिएको हो।

वि.सं. २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्मको अवधिमा सबैभन्दा धेरै बाग्मती प्रदेशमा ३८ घटना भएका छन्। मधेस प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा आठ–आठ, कर्णालीमा सात, गण्डकीमा चार, लुम्बिनीमा तीन र देश बाहिर एक घटना दर्ता भएको छ।

लैङ्गिक आधारमा हेर्दा यस अवधिमा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएका पाइएको छ। काउन्सिलका अनुसार समीक्षा अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका पनि नौ घटना दर्ता भएका छन्, जसमा बाग्मतीमा चार, मधेसमा तीन र कर्णालीमा दुई घटना रहेका छन्।

गत आर्थिक वर्ष २०८१/८२ मा प्रेस स्वतन्त्रता हननका घटना

प्रदेश घटनाको संख्या पीडित पत्रकार (पुरुष) पीडित पत्रकार (महिला) कुल पीडित पत्रकार
बाग्मती ३८ — — —
मधेस २५ — — —
सुदूरपश्चिम ८ — — —
कोशी ८ — — —
कर्णाली ७ — — —
गण्डकी ४ — — —
लुम्बिनी ३ — — —
देश बाहिर १ — — —
कुल ९४ ९६ १० १०६

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस