२०८२ श्रावण २८ गते, बुधबार १६:४४

काठमाडौँ-

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले कैदीबन्दीलाई राज्यले थुनेर राखेर वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको बताउनुभएको छ ।

बुधवार बसेको कानून न्याय तथा मानवअधिकार समितको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । सरकारी तथ्याङ्ककै आधारमा हिसाव गर्दा कैदीबन्दीका व्यक्तिगत खाना, स्वास्थ्य, न्याय लगायतका कुराहरु २ अर्ब २७ करोड ४४ लाख ८ हजार १ सय ६४ रुपैयाँ वार्षिक हुने गरेको उहाँको भनाई छ । सरकारले गतवर्ष प्रतिकैदी ७९ हजार १ सय ९८ रुपैयाँ खर्च गरेको थियो । देशभर हाल २७ हजार कैदीबन्दी रहेका छन् । मान्छे थुनेर राखेर दुई अर्व वार्षिक खर्च गर्नु भनेको ठूलो खर्च भएको सांसद गौतमको भनाई छ ।

उहाँले कैदीबन्दीलाई उत्पादनसंग जोड्न आवश्यक रहेको बताउनुभयो । हालसम्म कैदीबन्दी लाई उत्पादनमा जोड्न नसकेको उल्लेख गर्नुहुँदै उहाँले केही कैदीबन्दीले गरेका उत्पादनले पनि बजार नपाएको बताउनु भयो । कैदीबन्दीलाई उत्पादनमा जोडेर उनीहरुको उत्पादनलाई बजारीकरण गर्न राज्यले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस