२०८२ श्रावण ३० गते, शुक्रबार १६:३६

काठमाडौँ-

प्रहरीले अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना नेपाली र दुई जना भारतीय नागरिक रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ओमप्रकाश जयसवाल, मनमोहन कुमार सिंह, विक्रम जयसवाल र मुन्ना जयसवाललाई कालोपुलबाट नियन्त्रणमा लिइएको हो। उनीहरूको साथबाट प्रहरीले १५ लाख ३३ हजार रुपैयाँ नगद पनि बरामद गरेको छ।

प्रहरी प्रवक्ता एसपी अपील राज बोहराका अनुसार, अनुसन्धानमा उनीहरूले ६ करोड ६ लाख ६३ हजार ६८७ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको प्रमाण फेला परेको छ। नेपालमा क्रिप्टोकरेन्सीको कारोबार कानूनी रूपमा प्रतिबन्धित छ। प्रहरीले यस विषयमा थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस