२०८२ आश्विन २० गते, सोमबार १३:५३

सर्लाहीमा गोली प्रहारबाट एकजनाको मृत्यु

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार राति अज्ञात समूहले गोली प्रहार।
  • ४० वर्षीय रामपुकार यादव टाउकोमा गोली लागी गम्भीर घाइते।
  • महोत्तरीस्थित जानकी हेल्थ केयरमा उपचारका क्रममा मृत घोषणा (राति ८:४० बजे)

सर्लाही-

सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार राति अज्ञात समूहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार राति करिब ८:२० बजे महादेव यादवका ४० वर्षीय छोरा रामपुकार यादवलाई अपरिचित व्यक्तिहरूले टाउकोमा गोली हानेका थिए।

गम्भीर घाइते अवस्थाको यादवलाई तत्कालै महोत्तरीस्थित जानकी हेल्थ केयरमा उपचारका लागि लगिएको थियो। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ४ जना, इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा ११ जना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको नेतृत्वमा थप २१ जना गरी जम्मा ३६ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

उपचारका क्रममा राति ८:४० बजे चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए। उनको शव अस्पतालमै राखिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको र गोली प्रहारमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ। घटनाको कारण र आक्रमणकारीको पहिचान भने अहिलेसम्म खुलेको छैन।

पोडकास्ट सुन्नुहोस