वीरगन्ज-
फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा स्थापित ५१ हजार रुपैयाँ राशिको पत्रकारिता पुरस्कार यस वर्ष मधेस खबरका अध्यक्ष तथा अन्नपूर्ण पोस्टका पर्सा संवाददाता क्रान्ति शाहलाई प्रदान गरिएको छ । आइतबार आयोजित प्रतीक दैनिकको ३९ औँ वार्षिकोत्सव समारोहमा वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले शाहलाई प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।
उक्त समारोहमा प्रतीक दैनिकका संवाददाता प्रमोद यादवलाई नगद १५ हजार, स्तम्भकार ओमप्रकाश खनाललाई १० हजार, युवा पत्रकार सूर्यनारायण विकलाई १५ हजार र कर्मचारी श्यामजी प्रसाद गुप्तालाई ५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । स्तम्भकार अनन्तलाल दासलाई पनि दोसल्ला ओढाइ सम्मान गरियो ।
कार्यक्रममा विभिन्न राजनीतिक, प्रशासनिक, शैक्षिक तथा पत्रकारितासम्बद्ध व्यक्तिहरूको सहभागिता थियो ।