काठमाडौँ –
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने औपचारिक भ्रमणका लागि मिस्री सचिव आज काठमाडौँ आइपुगेका छन्।
काठमाडौँ आगमनलगत्तै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
भ्रमणको क्रममा सचिवले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आजै छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।
यसैबीच, सचिव मिस्री भोलि (भदौ २ गते) पशुपतिनाथ मन्दिरमा दर्शन गरी स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।