२०८२ भाद्र १ गते, आईतवार १७:०७

काठमाडौं –

भारतीय विदेश सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको निम्तो हस्तान्तरण गरेका छन्।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएका मिस्रीले प्रधानमन्त्री ओलीसँगै अन्य शीर्ष नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यतालिका तय भएको छ।

प्राप्त जानकारीअनुसार प्रधानमन्त्री ओली आगामी भदौ ३१ देखि असोज २ गतेसम्म भारत भ्रमणमा रहनेछन्। उनको भ्रमण विशेषगरी बिहारको बोधगयामा केन्द्रित हुनेछ, जहाँ उनले मोदीसँगै वार्ता गर्ने कार्यक्रम छ। बुद्धले ज्ञान प्राप्त गरेको महाबोधि सांस्कृतिक केन्द्रमा हुने वार्तामा बिहारका मुख्यमन्त्री नितीश कुमारलगायत उच्च अधिकारीहरूले ओलीलाई स्वागत गर्ने तयारी भएको छ।

भ्रमणको क्रममा ओलीले नालन्दा विश्वविद्यालयमा विशेष समारोहलाई सम्बोधन गर्ने र उनलाई मानार्थ डी-लिट उपाधि प्रदान गर्ने सम्भावना रहेको बताइएको छ। मोदीले ओलीका लागि दिवाभोजको आयोजना गर्नेछन् भने दुवै नेताबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता र संयुक्त पत्रकार सम्मेलन पनि हुनेछन्।

यसअघि मिस्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट्ने कार्यक्रम रहेको छ। ती भेटवार्तामा नेपाल–भारत साझेदारी, पूर्वाधार विकास र सहयोगका विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

भूकम्प गयो

काठमाडौं– आइतबार (भदौ १) दिउँसो रामेछापमा भूकम्पको हल्का धक्का महसुस

भूकम्प गयो

काठमाडौं– आइतबार (भदौ १) दिउँसो रामेछापमा भूकम्पको हल्का धक्का महसुस

पोडकास्ट सुन्नुहोस