२०८२ भाद्र १ गते, आईतवार १७:०५

जनकपुर-

नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारका कदमहरु सुशासनका विरुद्ध रहेको बताउनुभएको छ ।

जनकपुरमा आईतवार पत्रकारहरुसँग कुरा गर्दै यहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार सुशासनका विरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथी प्रतिशोध साँध्ने र जनविरोधी कानूनहरु ल्याउनेतिर लागेको आरोप लगाउनु भयो । उहाँले सोही अनुरुप भूमीसम्बन्धी विधेयक ल्याएको बताउनु भयो ।

संघियताको कार्यन्यवनका निम्ति बनेको संघीय निजामति ऐनमा राखिएको कुलिङ अफ द पिरियडमाथी छेडखानी गरेर सरकारले अहिले पनि त्यसलाई अगाडी बढाउन ढिलाई गरिरहेको उल्लेख गर्नुभयो । यस्तै शिक्षा विद्येयक पनि अड्काएर राखेको उहाँको आरोप छ । संविधानको मूल मर्मअनुरुप कानून बनाउने, कार्यन्वयन गर्ने, समावेशी संघिय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेतिर सरकार नभएको उहाँको जिकिर छ ।

उहाँले माओवादी पार्टीले विचार र कार्यदिशा मिल्ने सबै दलहरुसँग एकता गर्नको लागि वार्ता गरिरहेको पनि जानकारी दिनुभयो । एकीकृत समाजवादी, नेत्रविक्रमचन्द नेतृत्वको नेपालकम्युनिष्ट पार्टी, महेन्द्र यावदले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी सबैसँग पार्टी एकताको लागी वार्ता चलिरहेको तर निष्कर्ष आउन बाँकी रहेको उहाँको भनाई छ । यद्यपि एकताको पक्रिया सकरात्मक रहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

भूकम्प गयो

काठमाडौं– आइतबार (भदौ १) दिउँसो रामेछापमा भूकम्पको हल्का धक्का महसुस

भूकम्प गयो

काठमाडौं– आइतबार (भदौ १) दिउँसो रामेछापमा भूकम्पको हल्का धक्का महसुस

पोडकास्ट सुन्नुहोस