वीरगन्ज-
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–२१ परवानीपुरमा बुधबार बिहान एक उद्योगमा विद्युत् सर्ट भएर आगलागी हुँदा करिब ३९ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
करीब बिहान ९:४५ बजेतिर फरजना खातुनले सञ्चालन गर्दै आएकी निभासा इन्टस्ट्रीज प्रा.लि. मा अचानक आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब निरीक्षक किशोर लम्सालका अनुसार सूचना प्राप्त भएपछि प्रहरी चौकी परवानीपुरका प्र.ब.ना.नि डिकर देव पन्त, व.प्र.का श्रीपुर पर्साका प्र.नि श्याम कुमार बस्नेत र जिल्ला प्रहरी कार्यालय पर्साका प्र.स.नि सरोज प्रसाद के.सी सहितको टोली करिब ३० जना प्रहरी घटनास्थलमा खटिएको थियो।
स्थानीयवासी र दमकलको सहयोगमा करिब १०:४५ बजेतिर आगो नियन्त्रणमा लिइएको हो। आगलागीमा मानवीय क्षति नभए पनि उद्योगमा ठूलो मात्रामा भौतिक क्षति भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार क्षतिको विवरण यसप्रकार छ :
-
हिट ट्रान्सफर्मर मेसिन (१ थान) – करिब रु. ३२ लाख
-
सर्भो स्टेपलाईजर (७२ केभी, १ थान) – करिब रु. २ लाख २० हजार
-
रोलिङ मेसिन (१ थान) – करिब रु. ३ लाख
-
वायरिङ पार्ट्स सेट (२ पिस) – करिब रु. २ लाख
जम्मा करिब ३९ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले पुष्टि गरेको छ।