काठमान्डौं-
नेकपा एमाले सांसद प्रभु हजाराले विद्यालय शिक्षा विधेयकमा अहिले देशकै नजर रहेको भन्दै यसलाई छिटो भन्दा छिटो पारित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यालय शिक्षा विधेयक हामीले ५२ वर्षपछि समितिमा छलफलमा आएको भन्दै घनिभुत छलफल गरेर अघि बढाइएको बताउनु भयो । उहाँले विधेयकको अन्तिम चरणमा पुगेको भन्दै सबैको चासो भएकाले पनि विधेयक छिटो टुंग्याउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विद्यालय शिक्षा विधेयक हामीले ५२ वर्षपछि हाम्रो समितिमा आइसकेपछि घनिभुत ढंगले छलफल गरेका छौँ । हामी अन्तिम चरणमा पुगेका छौँ । विभिन्न सरोकारवालाहरुको यस विधेयकमा चासो थियो । देशकै नजर शिक्षा विधेयकमा रहेको छ । प्रारम्भिक बालविकास परिषद् सम्बन्धी २ को २१ मा १२ कक्षा भनेका छौँ त्यो भन्दा १० भन्दा नै सुहाउँछ । विद्यालय व्यवस्थापन समिति भनिएको छ, महिला र दलितलाई भनिएको थियो, यहाँ दलित शब्द छुटेको छ । समावेशी मात्रै भनेपछि समस्या आउँछ । शब्द नै आउनुपर्छ । आवासीय छात्रावृत्तिको कुरा आएको छ ।’
सांसद हजाराले विधेयकलाई छिटो टुंग्याउनुपर्ने जरुरी भइसकेको बताउनु भयो ।