२०८२ भाद्र ६ गते, शुक्रबार १३:४९

काठमाडौँ –

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कामचलाउ घोषणा गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

अधिवक्ता वीरेन्द्र केसीले साझेदार दलले समर्थन फिर्ता लिएपछि संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था उल्लंघन गरेको दाबी गर्दै बिहीबार रिट दायर गरेका हुन्।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ। उक्त रिटको पेसी आजका लागि तोकिएको सर्वोच्च स्रोतले जनाएको छ।

यसअघि जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। तर सरकारको तर्फबाट भने यी दलहरूको नाम राष्ट्रपति कार्यालयमा बुझाएको प्रारम्भिक समर्थन पत्रमा नरहेको भन्दै समर्थन फिर्ताले विश्वासको मत लिनुपर्ने अवस्था नआएको तर्क गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस