२०८३ आश्विन २७ गते, मंगलवार १५:३१

प्रदेशको स्वास्थ्य प्रयोगशालामा हैजाको परीक्षण सुरु

वीरगन्ज,-

मधेस प्रदेशको स्वास्थ्य प्रयोगशालाले हैजाको जीवाणु भए नभएको मल परीक्षण सुरु गरेको छ। जनकपुरस्थित प्रदेशिक स्वास्थ्य प्रयोगशालामा वीरगन्जबाट पठाइएका मलका नमुनाको परीक्षण गर्दा १२ जनामा हैजाका जीवाणु फेला परेको हो।

वीरगन्जको नारायणी अस्पतालमा भर्ना रहेका १५ जना झाडापखालाका बिरामीको मल नमुना प्रदेशिक स्वास्थ्य प्रयोगशालामा पठाउँदा १२ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ।

झाडापखाला र बान्ता गर्ने समस्या लिएर अस्पताल भर्ना भएका बिरामीको मल नमुना जनकपुर पठाउँदा ४ जना महिला र ५ जना पुरुषमा हैजा (कोलेरा) का जीवाणु पुष्टि भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिनुभयो।

भर्ना भएका बिरामीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि उनीहरूमा हैजा भएको वा नभएको पत्ता लगाउन आइतबार मल नमुना जनकपुर पठाइएको थियो। प्रयोगशालामा कल्चर पद्धतिबाट परीक्षण गर्दा हैजाको जीवाणु पुष्टि भएको उहाँले बताउनुभयो।

यसअघि अस्पतालमा भर्ना भएका बिरामीलाई र्यापिड डायग्नोस्टिक किट (आर.डी.टी. किट) बाट परीक्षण हुँदै आएकोमा पहिलो पटक बिरामीको मल नमुना स्वास्थ्य प्रयोगशालामा कल्चर पद्धतिबाट परीक्षण गरिएको डा. सिंहले जानकारी दिनुभयो।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस