२०८२ कार्तिक १३ गते, बिहीबार ०२:२८

वीरगन्जमा हैजा संक्रमित ११४,सङ्क्रमण तीव्र गतिमा बढ्दै

वीरगन्ज-

वीरगन्जमा हैजाको सङ्क्रमण तीव्र गतिमा बढ्दै ११४ जनामा पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मंगलबार रातिसम्म ११४ जना हैजा संक्रमित भेटिएका हुन् ।

यससँगै वीरगन्जका विभिन्न अस्पतालमा झाडापखालाका कारण उपचाररत बिरामीको सङ्ख्या ४२२ पुगेको छ । तीमध्ये २२३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

महानगरपालिकाले दूषित खानेपानीलाई प्रमुख कारण मानेर पानीको नमुना संकलन गरी परीक्षण सुरु गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा परीक्षण गरिएको १० मध्ये ८ वटा नमुनामा हैजा पुष्टि भएको छ भने बाँकी दुईको रिपोर्ट आउन बाँकी छ ।

सङ्क्रमण फैलिन थालेपछि वीरगञ्ज महानगरपालिकाले मातहतका सबै विद्यालय थप तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । विद्यालयका शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ ।

यता, चिकित्सकहरूले सुरक्षित पानी उमालेर मात्र पिउन, खुला शौच नगर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रभु ग्रुपको प्रभु म्यानेजमेन्ट प्रालि ठगी प्रकरणमा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं – प्रभु ग्रुपअन्तर्गतको प्रभु म्यानेजमेन्ट प्रालिसम्बन्धी ठगी प्रकरणमा नेकपा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक

राजनीति

पोडकास्ट सुन्नुहोस