वीरगन्ज —
बाराको कलैया अस्पतालमा एक पुरुषमा हैजा पुष्टि भएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाराका प्रमुख धन्सयाम यादवका अनुसार बुधवार झाडा–पखालाको कारण अस्पताल आएका कलैया उपमहानगरपालिका–१८, पतौराका ६० वर्षीय पुरुषमा हैजा देखिएको हो।
उनी स्थायी रूपमा बाराकै भए पनि वीरगन्जमै मजदुरी गर्दै बस्दै आएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। “हैजा पुष्टि भएपछि उनको घरपरिवार र स्थानीय क्षेत्रमा पनि चेकजाँच गरिएको थियो, तर अन्यमा सङ्क्रमण भेटिएन,” प्रमुख यादवले जानकारी दिनुभयो।
उनका अनुसार ती पुरुष वीरगञ्जमै बस्ने र त्यहींबाट संक्रमण भएको अनुमान गरिएको छ। “बाराको अस्पतालमा हैजा पुष्टि भए पनि उनी वीरगञ्जमै बस्ने भएकाले बारामै संक्रमण फैलिएको भन्न अहिले मिल्दैन,” यादवले स्पष्ट पार्नुभयो।