जनकपुरधाम –
धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–२० झण्डाचोकमा गणेश पूजाको मूर्ति विसर्जनलाई लिएर हिन्दू समुदाय र मुस्लिम समुदायबीच झडप भएको छ।
मूर्ति विसर्जनका लागि जुलुस मुस्लिम बस्ती हुँदै लैजाने क्रममा विवाद उत्पन्न भई दुवै पक्षबीच ढुङ्गामुढा सहित झडप भएको हो।
झडप नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिनुभयो।
हाल त्यहाँको अवस्था तनावग्रस्त रहेको र कुनै अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो मात्रामा परिचालन गरिएको छ।
झडपमा घाइते भएकाको विवरण भने अहिलेसम्म प्रहरीले प्राप्त नगरेको डिएसपी सिंहले बताउनुभयो।
Post Views: 68















