वीरगन्ज-
सरकारले जेनजिको आन्दोलनमा १९ जना युबा विद्यार्थीहरुको हत्या गर्दा पनि पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक अन्य राजनीतिक दल मौन रहेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले भने हिजै पर्साका प्रमुख जिल्ला अधिकारि लाई भेटी तत्काल सामाजिक संजाल माथिको प्रतिबन्ध हटाउनका निमित्त प्रधानमन्त्री केपि शर्मा वलिको ध्यानाकर्षण समेत गराएको थियो ।
मुलुकमा यत्रो नरसंहार मचिदा समेत अन्य राजनीतिक दलले मौनता साध्नु गलत भएको राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले बताए । पन्तले अहिले सरकारले मच्चाइरहेको ताण्डब , हत्या र बर्बर दमनका विरुद्ध सबै देशभक्त नेपालीहरु दलगत स्वार्थ भन्दा एक कदम माथी उठेर बिरोध गर्नु पर्ने बताए । सभापति पन्तले सरकार अझै दमनमा उत्रिए रास्वपा सरकारका विरुद्ध प्रतिकारमा उत्रने बताए ।
Post Views: 38