वीरगन्ज –
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापाले मंगलबार एक पत्र सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भएको जानकारी दिनुभएको छ।
उपसचिव थापाले सार्वजनिक पत्रमा उल्लेख गर्नुभयो कि नेपालको संविधानको धारा ७७(३) अनुसार अर्को मन्त्रीपरिषद गठन नभएसम्म वर्तमान मन्त्रीपरिषदले नै राज्यको कार्य संचालन गर्नेछ।
Post Views: 29